दफा ६
संस्थाको नाम, चिह्न र अधिकार अन्य कसैले प्रयोग गर्न नपाउने
यस ऐन बमोजिम संस्थाको स्थापना भए पछि कुनै व्यक्तिले संस्थाको नामसंग मिल्दोजुल्दो नाम वा चिह्न प्रयोग गर्न वा संस्थाले प्रदान गर्ने कुनै पनि किसिमको प्रमाणपत्र कसैलाई दिन वा संस्थाको तर्फबाट कसैलाई कुनै पनि किसिमको निर्देशन दिन लगायत संस्थाले प्रयोग गर्न पाउने कुनै पनि किसिमको अधिकारको प्रयोग गर्न पाउने छैन ।